आँखामा खुर्सानी छर्केर गहना लुटपाट

काठमाण्डु टुडे २०७० मंसिर २९ गते १०:०१ मा प्रकाशित

robbingखोटाङ, २९ मंसिर– बाटोमा हिँडिरहेकी एक महिलाको खोटाङमा गहना लुटिएको छ ।

दिक्तेलस्थित रत्नपार्कमा शुक्रबार राति हिँडिरहेको अवस्थामा सप्तेश्वर–३ घर भई हाल सोही स्थानमा बसोवास गर्ने मनुहिमाल राईको कानमा लगाएको एक तोला सुनको रिङ लुटिएको हो ।

आफन्तकोबाट कोठामा फर्कने क्रममा बाटो ढुकेर बसिरहेका एक व्यक्तिले आँखामा खुर्सानीको धूलो छर्केर दुवै कानमा लगाएको रिङ लुटेर लगेको पीडित राईले बताए । उनले भने, ‘म आफन्तकामा गएर फर्कंदै थिएँ, उसले एक्कासि मेरो आँखामा खुर्सानीको धूलो हालिदियो र मुख थुनेर कानमा लगाएको सुन लुटेर लग्यो ।’

पीडित महिलाका अनुसार लुटेराले सेतो क्याप, जिन्सको पाइन्ट र खैरो ज्याकेट लगाएको छ । लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us