
झापा, २९ मंसिर– सभासद रविन कोइरालाले भारतको बंगाल सरकारसँग वार्ता गरेर हात्तीको समस्या समाधान गर्ने बताएका छन् ।
उनले बङ्गाल सरकारकी मुख्यमन्त्रीसँग वार्ता गरी हात्ती प्रकोप न्यूनीकरणका लागि ठोस कार्यदल बनाई समस्या समाधान गरिने बताएका हुन् ।
झापाको बाहुनडाँगीमा सरस्वती माध्यमिक विद्यालय र नागरिक समाज बाहुनडाँगीको संयुक्त आयोजनामा सभासदको बधाई तथा सम्मान कार्यक्रममा उनले हात्ती नियन्त्रणमा पहल गरिने बताएका हुन् ।
कोइरालाले वल्र्ड बैंकको लगानीमा फागुनदेखि बाहुनडाँगी क्षेत्रमा आधुनिक किसिमको तारबार लगाइने तयारी तदारुकताका साथ गरिने आश्वासन दिए । ‘काँकडभिट्टादेखि इलामको अन्तुडाँडासम्मको सडकलाई पर्यटकीय तथा जैविक मार्गका रुपमा विकास गरिनेछ’, उनले भने, ‘माविस्तरका विद्यालयलाई राहत प्रदान गर्न पहलकदमी थाल्नेछु’,