लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान

काठमाण्डु टुडे २०७० मंसिर २९ गते ९:०४ मा प्रकाशित

dengue-mosquitoचितवन, २९ मंसिर– जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले भरतपुर नगरपालिकामा डेङ्गु सार्ने लामखुट्टे र त्यसको लार्भा तथा प्युपा खोजेर नष्ट गर्ने अभियान शनिबार पनि जारी राखेको छ ।

बिहीबारदेखि सुरु भएको अभियान शुक्रबार पनि जारी रहेको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीले जानकारी दिए । अभियानमा १२० जना स्वयम्सेवक परिचालन गरिएको उनले बताए ।

चितवमा गएको साउनदेखि अहिलेसम्म ३१६ जनामा डेङ्गुको सङ्क्रमण  देखिएको छ । चितवन घर भएका मात्रै २१२ जना बिरामीमा डेङ्गु लागेको पाइएको छ । जसमध्ये चितवनको भरतपुर नगरपालिकामा मात्रै १३७ जनामा रोग देखिएकाले अहिले खोजेर नष्ट पार्ने काम सुरु गरिएको केसीले बताए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट खटिएका किट नियन्त्रण निरीक्षक चन्देश्वर यादवसमेत खोज र नष्ट गर अभियानमा सक्रिय भएका छन् । उनका अनुसार नेपालभरमा साउनदेखि अहिलेसम्म कुल करिब ७०० जनामा सो रोग देखिसकिएको छ । जसमा चितवनमा ३१६, झापामा १९४, पर्सामा १६०, रौतहटमा दुई, कञ्चनपुरमा चार र रुपन्देहीमा १० जनामा डेङ्गु देखिसकेको छ । सन् २०१० मा चितवनमा महामारी नै फैलिएकाले विशेष निगरानी गरिएको समेत उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us