बसले किच्दा खलासीको मृत्यु

काठमाण्डु टुडे २०७० मंसिर २९ गते ८:०६ मा प्रकाशित

जुम्ला, २९ मंसिर–कालीकोटको नाग्मदेखि जुम्ला सदरमुकामतर्फ आइरहेको ना४ख ६७२३ नं को कर्णाली यातायातको बसले किच्दा २० वर्षीय खलासी लोकेन्द्र कठायतको घटनास्थलमै मृत्युभएको छ ।
मृतक कठायत तातोपानी–२ राका जुम्लाका हुन् । बसको पछिल्लो पाङ्ग्राले च्याप्दा रारा लिही–२ को गाडगडेनी नजिक कठायतको मृत्यु भएको प्रहरी निरीक्षक विनोद धितालले जानकारी दिए । कठायतको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गाडीचालक  तेजबहादुर बुढालाई प्रहरीले नियन्त्रण लिइसकेको छ । घटना शुक्रबार दिउँसोको भए पनि घटनास्थल सदरमुकामभन्दा करिब २७ किमी टाढा भएको र सञ्चारले काम नगरेका कारण घटनाको यथार्थ विवरण ढिलो आइपुगेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा एकको मृत्यु
पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिन्टारमा शनिवार भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । काठमाण्डुबाट नारायणगढतर्फ आउँदै गरेको बा अ म ६२ नम्बरको ट्रिपरले काठमाण्डुतर्फ जाँदै गरेको लु१ख ३४०७ नम्बरको बसलाई रोकिराखेको अवस्थामा ठक्कर दिँदा बसबाट झर्दै गरेका रुपन्देही मुर्गिया प्रवाहका १४ वर्षीय माधव कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते कुँवरको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । बसलाई ठक्कर दिने ट्रिपर र चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us