टयाङकरबाटै डिजल चोरी हुने गरेको खुलासा

काठमाण्डु टुडे २०७० मंसिर २९ गते ६:०७ मा प्रकाशित

वीरगन्ज,२९ मंसिर–नेपाल आयल निगमको ट्याङ्करबाट पेट्रोलियम पदार्थ चोरी हुने गरेको खुलासा भएको छ । टयाङकरबाट तेल चोरी गरिरहेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति वीरगन्जको प्रतिमाचोकस्थित बाइपास सडकमा रोकिराखेको ना२ख ७०३ नंको तेल ट्याङ्करबाट तेल चोरी गरिरहेको अवस्थामा चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको हो । Petrol tanker
बारा, सिमरा वडा नं २ बस्ने वर्ष ३८ को भिम विक र सोही ठाउँको वर्ष १८ को अमृत विकलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट चोरी गर्न लागेको अवस्थामा ४० लिटर डिजल पनि बरामद भएको पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए । पक्राउ परेकालाई सार्वजनिक अपराध ऐनअन्र्तगत मुद्दा दर्ता गराइने पनि  प्रहरीले जनाएको छ । petrol pipe

घाटामा गएको भन्दै एक अर्व ६५ करोड रुपैया सरकार जमानीमा बसेर ऋण लगानी गरेको दुई दिनपछि यस्तो घटना सार्वजनिक भएको छ । आयल निगमका कर्मचारीको मिलेमतोमा टयाङकरबाट पेट्रोलियम पदार्थ चोरी हुने गरेको,मिसावट हुने गरेको गुनासा जनस्तरबाट उठिरहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us