नाबालक छोराछोरीसँगै नदीमा हामफालेर आत्महत्या

काठमाण्डु टुडे २०७० मंसिर २९ गते ३:२९ मा प्रकाशित

गोरखा, २९ मंसिर– गोरखा गाईखुरकी एक महिलाले आफ्ना दुई नाबालक सन्तानसँगै आत्महत्या गरेकी छन् ।
गाइखुर–६ की ३० वर्षीया शारदा चापागाईंले ५ वर्षीय छोरा ईश्वर र ८ वर्षीया छोरी स्मतिसँगै आत्महत्या गरेको इलाका प्रहरी कार्यालय गाइखुरले जनाएको छ । श्रीमानसँग सामान्य झगडा भएपछि माइती हिंडेकी उनले तनहुँको भानु–८ बाट मस्र्याङदी नदीमा हामफालेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय गाइखुरका निरीक्षक द्वारिका घिमिरेले बताए ।
श्रीमान रामप्रसाद चार महिनाअघि वैदेशिक रोजगारीबाट आएको र त्यसयता सधैंजसो अंशबण्डाका विषयमा झगडा हुने गरेको छिमेकीले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us