‘एउटा लडाई हार्दैमा कमाण्डर भाग्न मिल्दैन’

काठमाण्डु टुडे २०७० मंसिर २९ गते १६:१२ मा प्रकाशित

काठमाण्डु -एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले संबिधानसभाको दोस्रो निर्वाचनलाई prachanda 2लडाईको व्याटलको संज्ञा दिदै एउटा लडाई हार्दैमा कमाण्डर भाग्न नमिल्ने बताएका छन । एमाओवादी सम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को शुक्रवार बसेको विस्तारित पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले त्यस्तो धारणा व्यक्त गरेका हुन ।
पार्टीलाई नयाँ रुपमा संगठित गर्दै लैजाने आश्वसन दिदै प्रचण्डले संबिधानसभा निर्वाचनमा आन्तरिक आन्तरिक र बाह्य दुवै कारणले आफनो पार्टीलाई पराजित गराइएको पनि बताएको बैठकमा सहभागी एक बिद्यार्थी नेताले बताए । प्रचण्डको भनाई उदृत गर्दै ती नेताले भने‘टुलुटुलु हेरेर बसिन्न,नयाँ ढंगले पार्टीलाई सशक्त र जुझारु बनाएर अगाडि बढाईन्छ ।’ आगामी रणनीति तय गर्न एकीकृत माओवादीले पुस ९ गतेदेखि केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकमा अध्यक्ष प्रचण्डले संविधानसभा निर्वाचनमा धाँधली भएको र त्यसको भण्डाफोर गरेर अगाडि बढ्न विद्यार्थी नेताहरुलाई निर्देशन दिएका थिए ।
अखिल क्रान्तिकारीको १९ औ सम्मेलन फागुनमा
अनेरास्ववियु (क्रान्तिकारी)को १९औँ राष्ट्रिय सम्मेलन फागुन २१ देखि २४ गतेसम्म काठमाडौँमा हुने भएको छ । बैठकले फागुन २१ गतेदेखि राष्ट्रिय सम्मेलन गर्ने र त्यसका लागि महासचिव विन्दमान बिष्टको नेतृत्वमा सात सदस्यीय सम्मेलनसम्बन्धी कार्यविधि तय गर्ने निर्णय गरेको उपाध्यक्ष रमेश मल्लले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us