बिरामी बोकेको ट्याक्सी खस्दा ८ घाइते, ३ गम्भीर

काठमाण्डु टुडे २०७० मंसिर २८ गते ९:०६ मा प्रकाशित

pachthar mapपाँचथर, २८ मंसिर– मेची राजमार्गअन्तर्गत पाँचथरको ओदिन– फिदिम सडकखण्डमा शुक्रबार बिहान बिरामी बोकेको ट्याक्सी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

मे१ज ७२१ नंको ट्याक्सी सडकभन्दा ५० मि तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ओदिन घुम्तीदेखि बिरामी लिएर सदरमुकाम फिदिमस्थित जिल्ला अस्पताल आइरहेको ट्याक्सी दुर्घटना हुँदा घाइतेमध्ये तीन जना गम्भीर रहेको प्रहरी निरीक्षक सञ्जीव खड्काले जनाए ।

घाइतेको पाँचथर अस्पतालमा उपचार हुन नसकेपछि उनीहरुलाई विराटनगरको न्युरो अस्पतालमा पठाइएको छ । बिरामी लिएर गुडेको केही मिनेटमा नै ट्याक्सी दुर्घटनामा परेको थियो । सवारी चालकको लापरबाहीले दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ । सवारी चालक फरार छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us