‘आयल निगमलाई सुधार्न अप्रीय निर्णय हुन्छ’

काठमाण्डु टुडे २०७० मंसिर २८ गते ५:१० मा प्रकाशित

SONY DSCकाठमाण्डु, २८ मंसिर–वाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइरालाले आयल निगमको भविष्यका लागि वर्तमान सरकार जस्तो सुकै अप्रिय निर्णय गर्न पछि नपर्ने बताएका छन् । वाणिज्य मन्त्रालयको चौमासिक समीक्षा बैठकमा अर्थमन्त्री समेत रहेका कोइरालाले गरिब, दुःखी जनताले तिरेको राजस्वलाई न्याय गर्न पनि कठोर निर्णय लिनुपर्ने अवस्था आउने बताए ।

तेललाई व्यावसायिक नभएर राजनीति गर्ने साधन बनाइएका कारण यस्तो दुर्गति आएको स्पष्ट गर्दै उनले भने, ‘कि ग्यास सिलिण्डर बेच्न बन्द गर्नुपर्यो, कि मूल्य समायोजन गर्नुपर्यो । एउटै बस्तु व्यापार गर्ने निजीक्षेत्र फाइदा कमाउने, त्यही बस्तु बेच्ने सरकारी संस्था थला पर्ने, यसको आन्तरिक मूल्यांकन गरी छिनोफानो गर्न जरुरी छ ।’

उनले बजेटले सम्बोधन गरेका विषय कार्यान्वयन गर्न भन्दै पैसा अपुग भए तत्काल माग्न आग्रह गरे । जनताको दैनिक जीवनसंग सरोकार राख्ने सरकारी निकायहरुलाई परिणामुखी सेवा दिन निर्देशन दिँदै मन्त्री कोइरालाले बजार अनुगमनलाई मौसमी नबनाउन सुझाव दिए ।

आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन उत्पादक तथा निर्यातकर्ताहरुलाई सहुलियत दिनुपर्ने आवश्यकता रहेको बताउँदै यसतर्पm वाणिज्य प्रशासनको तदारुकता जरुरी रहेको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us