कम्दा खोलामा कल्भर्ट बन्ने

काठमाण्डु टुडे २०७० मंसिर २८ गते ४:५५ मा प्रकाशित

घोराही, २८ मंसिर–दाङको सौडियार गाविसको ९ वटै वडा जोड्ने तल्लो दामोदर रोडको कम्दा खोलामा यस बर्ष कल्भर्ट बन्ने भएको छ । जिल्ला बिकास समिति दाङको १० लाख रुपैया र स्थानिय उपभोक्ताको करिव २ लाखको जनश्रमदानबाट कल्भर्ट बन्न लागेको हो ।

सदरमुकाम घोराहीसँग जोडिएको गाविस भएपनि तल्लो दामोदर रोड बन्न नसक्दा सौडियारका बासिन्दालाई एक वडाबाट अर्को वडामा पुग्न घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । चालु आर्थिक बर्ष २०७०÷७१ सालभित्र काम सम्पन्न गर्ने गरी जिविसको परिषदबाट सो सडकका लागि १० लाख रुपैयाँ बजेट बिनियोजन भएपछि अहिले स्थानिय खुसी भएका छन् । उनीहरुले पहिलो चरणमा कल्भर्ट निर्माण गर्ने सौडियार ३ लखवार र राजपुरबीचमा रहेको कम्दा खोलाको वरीपरी जग्गा पर्ने स्थानिय बासिन्दासंग सडकको महत्वका बिषयमा छलफल तथा अन्तरक्रिया गरिरहेका छन् ।

सो खोलामा कल्भर्ट बनेपछि सौडियारका ३, ५, ७, ८ र ९ नम्वर वडाका हजारौं बासिन्दालाई आवतजावत गर्न सहज हुने स्थानिय बासिन्दाको भनाइ रहेको छ ।

कल्भर्ट निर्माणका लागि ११ सदस्सीय समावेशी उपभोक्ता समिति गठन गरिएको छ । वडा नागरिक मञ्चका संयोजक ढुकीराम चौधरीको अध्यक्षता तथा सौडियार गाविसका खरिदार हरिकुमार घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले मोहन खड्काको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको हो । समितिको सचिवमा हरिप्रसाद चौधरी र कोषाध्यक्षमा पवित्रा घर्ती मगर रहेका छन् । भेलाले सो योजना अनुगमनका लागी शेरबहादुर चौधरी संयोजक र लौटन चौधरी, हिरा योगी, शरद केसी र ढुकीराम चौधरी सदस्य रहेको अनुगमन समिती गठन गरेको सौडियार गाविसका सामाजिक परिचालक बिमल योगीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us