एमाले सत्ताको लागि मरिहत्ते गर्दैन : नेपाल

काठमाण्डु टुडे २०७० मंसिर २८ गते ५:११ मा प्रकाशित

Madhav-Kumar-nepalकाठमाण्डु, २८ मंसिर–नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले सत्ताको लागि मरिहत्ते नगर्ने स्पष्ट पारेका छन् । सत्ताको लागि नभइ एक बर्षमा नयाँ संविधान बनाउन एमालेको ध्यान केन्द्रित भैरहेको उनको भनाइ छ ।

काठमाण्डुको कोटेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियुले शुक्रबार गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले एक बर्षभित्र नयाँ संविधान जारी गरी संक्रमणकाल अन्त्य गर्ने बताए । ‘एमाले सत्ताको भागबन्डामा मरिहत्ते गर्दैन, एक बर्षमा संविधान बनाएर संक्रमणकाल अन्त्य गर्नुपर्छ,’ नेता नेपालले भने ।

देशलाई अहिले एकताको खाँचो रहेको भन्दै उनले त्यसैको लागि उच्चस्तरीय राजनीतिक समिति मार्फत् विवादित मुद्दामा सहमतिको प्रयास भैरहेको जानकारी दिए ।

चुनावमा भएको जीत र हारलाई जीबनको अंगको संज्ञा दिदै उनले जितमा नमात्तिन र हारमा नआत्तिन सबैलाई आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us