बस दुर्घटनामा ११ यात्रु घाइते

काठमाण्डु टुडे २०७० मंसिर २८ गते ३:४७ मा प्रकाशित

गुलरिया, २८ मंसिर–पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दियाको चिसापानी नजिक शुक्रबार विहान यात्रु बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् ।

पोखराबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख ४५३४ नम्बरको बस बर्दिया राष्ट्रिय निकुन्ज स्थित चिसापानी पुल नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारको लागि कोहलपुरस्थित शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेर भुरीगाउँस्थित प्रहरीको टोलीले उद्धार गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us