एसएसबीले गस्ती बढायो

काठमाण्डु टुडे २०७० मंसिर २८ गते १:२९ मा प्रकाशित

खलङ्गा, २८ मंसिर–दार्चुलाको कालापानी तथा बैतडीका सीमावर्ती क्षेत्रमा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले गस्ती बढाएको छ । एसएसबीले आफ्नो स्वर्ण वर्षगाँठको अवसर पारी दार्चुलाको कालापानी, बैतडीको हल्दुघाट लगायतका ठाउँमा गस्ती बढाएको हो ।

एसएसबीको पाँचौं वाहिनीका उपसेना नायक यतेन नेगीका अनुसार सीमा क्षेत्रका सबै वाहिनीमार्फत गस्ती बढाइएको हो । डिसेम्बर १ देखि सुरु गरिएको सीमा गस्ती पछिल्ला दिनहरुमा कडा पारिएको र यो क्रम डिसेम्बर १५ सम्म चल्ने बताइएको छ । सीमा क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधिलाई ध्यानमा राखेर गस्ती बढाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us