
काठमाण्डु, २८ मंसिर–पर्सा र मोरङमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
पर्साको जितपुरमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक वीरगन्ज श्रीपुरका ३० वर्षीय ऋषी दासको मृत्यु भएको छ । तीव्र गतिका कारण दुर्घटना परेका दासको गएराति उपचारको क्रममा नेशनल मेडिकल कलेज वीरगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी मोरङको उर्लाबारीमा को १ त २५४ नम्बरको ट्याक्टर दुर्घटना हुदा सहचालकको घटनास्थल मै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २३ वर्षीय राजु दर्नाल रहेका छन् । ढुङ्गा लिएर उर्लाबारी जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खस्दा दर्नालको मृत्यु भएको प्रहरीले जनाएको छ ।