रासायनिक हातहतियार बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरिने

काठमाण्डु टुडे २०७० मंसिर २७ गते १८:५० मा प्रकाशित

संयुक्त राष्ट्रसंघ, २८ मंसिर–रासायनिक हातहतियार बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरिने योजना आगामी डिसेम्बर १७ का दिनमा प्रकाशित गरिने संयुक्त राष्ट्रसंघले जनाएको छ । यसबाट पर्ने असर छलफललगायत अन्य अन्तिम विस्तृत गृहकार्य हाल भइरहेको राष्ट्रसंघका प्रवक्ता मार्टिन नसर्कीले बताए ।
    अहिलेसम्म कच्चा पदार्थकै रुपमा रहेको तर रासायनिक घातक हातहतियार उत्पादन गर्न प्रयोग हुने खालका विस्फोटक संवेदनशील रासायनिक वस्तुहरूको भण्डार नष्ट गरिनुपर्ने पनि उनले बताए ।                              
    यसबारेमा अन्तिम प्रतिवेदन संयुक्त राष्ट्रसंघका महासचिव बान की मुन कहाँ पेस गरिने र उनले सो प्रतिवेदनलाई संयुक्त राष्ट्र सुरक्षा परिषद्मा प्रस्तुत गर्ने समेत मार्टिनले थप जानकारी दिए । प्रस्तावित योजनाअनुसार संयुक्त राष्ट्रसंघ र अर्गनाइजेसन फर दि प्रोहिबिसन अफ केमिकल विपन्स (ओपिसिडब्ल्यु) को संयुक्त सहकार्यमा सो रासायनिक कच्च पदार्थ नष्ट गर्ने कार्य सम्पन्न गरिने बताइएको छ । रासस/सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us