राप्रपा नेपालका सभासदको सूची अस्वीकृत

काठमाण्डु टुडे २०७० मंसिर २७ गते १३:५१ मा प्रकाशित

Rppn.jpgकाठमाण्डु, २७ मंसिर–निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई समानुपातिक निर्वाचन प्रणाली तर्फ विजयी उम्मेदवारको नामावली केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार पेश गर्न पत्राचार गरेको छ ।

विजयी उम्मेदवारको नाम दल दर्ता गराउँदा कायम रहेको केन्द्रीय कार्यसमितिको बैठक बमोजिम नै हुनुपर्नेमा त्यसो गरेको नपाइएकोले आगामी पुस ३ गते भित्र अर्को नामावली बुझाउन आयोगले राप्रपा नेपाललाई निर्देशन दिएको हो ।

राप्रपा नेपालले यही मंसिर २३ गते पेश गरेको समानुपातिक तर्फका विजयी उम्मेदवारहरुको नाम कार्यसमितिको सिफारिस बमोजिम नभएको भन्दै केही केन्द्रीय सदस्यहरुले आयोगमा उजुरी गरेका थिए ।
साथै आयोगले विजयी उम्मेदवारहरुको नामावली पेश गर्दा ५० प्रतिशत महिला अनिवार्य रुपमा समावेश गर्न समेत राप्रपा नेपालको ध्यानाकर्षण गराएको छ ।

यसअघि राप्रपा नेपालले महिला ११ र पुरुष १३ गरी २४ जनाको नामावली आयोगमा बुझाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us