अपारदर्शी राज्य र राजनीतिक अस्थिरता भ्रष्टाचारको कारक

काठमाण्डु टुडे २०७० मंसिर २७ गते ८:४० मा प्रकाशित

काठमाण्डु, २७ मंसिर– मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले मुलुकमा भ्रष्टाचार बढ्नुमा अपारदर्शी राज्य व्यवस्था र राजनीतिक अस्थिरता मूल कारण khilraj regmiरहेको औंल्याएका छन् ।
भ्रष्टाचारविरुद्ध क्रियाशिल अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले राजधानीमा बिहीबार गरेको कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रणमा सबै एक जुट भएर लाग्नुपर्ने बताए ।
भ्रष्टाचार नियन्त्रणका लागि सरकारी प्रयास मात्र प्रभावकारी नहुने भन्दै उनले त्यसका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताए ।
‘अपारदर्शी राज्य व्यवस्था र राजनीतिक अस्थिरता भ्रष्टाचार मौलाउनुको मुख्य कारण हो’, रेग्मीले भने, ‘सरकार, नागरिक समाज, सञ्चारजगतसहित सबैको साझा प्रयास आवश्यक छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us