हामीलाई पाखा लगाइए संविधान बन्दैन: रायमाझी

काठमाण्डु टुडे २०७० मंसिर २७ गते ८:२७ मा प्रकाशित

अर्घाखाँची, २७ मंसिर– एमाओवादी नेता टोपबहादुर टोपबहादुर रायमाझीले काँग्रेस–एमाले आफ्नो पार्टीलाई पाखा लगाएर अघि बढ्न खोजे फेरि पनि top bahadurसंविधानसभाबाट संविधान नबन्ने बताएका छन् ।
अर्घाखाँचीको खन गाउँमा विजयी सभालाई बिहीबार सम्बोधन गर्दै पुर्वमन्त्रीसमेत रहेका रायमाझीले परिवर्तनको नेतृत्वकर्ता आफ्नो पार्टीलाई पाखा लगाएर अघि बढ्न खोजिए मुलुक गम्भीर राजनीतिक संकटमा फस्ने दाबी गरे ।

साझा सहमतिबिना संविधान नबन्ने भएकाले बहुमतीय राजनीतिलाई सहमतीयमा फर्काउनुपर्ने भनाइ उनको थियो । नेता रायमाझीले बहुमतको आडमा सरकार र संविधान बनाउन खोजिए सडक संघर्षमा उत्रने चेतावनी दिए ।

ठूला दलको हैसियमा काँग्रेस–एमाले जिम्मेवार बन्नुपर्ने भन्दै उनले २०४७ सालको संविधान ब्युताउन कोसिस गर्ने शक्ति आफैं समाप्त भएर जाने दाबी गरे । ‘पहिला पनि बुहमतीय प्रणालीअन्र्तत सरकार बनाउने र गिराउने खेलका कारण संविधान बनेन’, रायमाझीले भने, ‘काँग्रेस र एमाले बहुमतीय दम्भका साथ अघि बढे भने फेरि संविधान बन्दैन ।’

जनचाहनाअनुसार परिवतर्नका एजेण्डा सम्बोधन हुने अग्रगामी संविधान निर्माण गरी आर्थिक क्रान्तिमा लाग्नुपर्ने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us