
जनकपुर, २७ मंसिर–धनुषाको बटेश्वर गाविसमा डाँका समूहले एक महिलाको हत्या गरेको छ । बटेश्वर गाविस ८ की बबिता यादवको डाँका समूहले हत्या गरेको हो ।
बुधबार राती १२ बजे हतियारधारी समूहले लुटपाट गर्न थालेपछि बबिताले प्रतिकार गरेकी थिइन् । नकाबधारी समूहले धारिलो हतियार प्रहार गरी बबिताको हत्या गरेको प्रहरीले जनाएको छ ।
डाँका समुहको आक्रमणबाट बबिताको पति विश्वनाथ यादव घाइते भएका छन् । उनको जनकपुर अन्चल अस्पतालमा उपचार भैरहेको छ ।
डाँका समूहले यादवको घरबाट सबै धनमाल पनि लुटेर लगेको प्रहरीले जनाएको छ ।
सप्तरीमा आगलागी
यसैबीच सप्तरीको महादेवा गाविसमा आगलागी हुँदा २० घर जलेर नष्ट भएका छन् । आगलागीबाट बाट २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।