दुर्घटनामा दुईजनाको मृत्यु, तीनजना घाइते

काठमाण्डु टुडे २०७० मंसिर २७ गते ३:१५ मा प्रकाशित

काठमाण्डु, २७ मंसिर–दार्चुलाको धुलिगौंडास्थित मालपटियामा जिप दुर्घटना हुदाँ चालकको घटनास्थल मै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय २८ बर्षीय दिपक सिंह धामी रहका छन् । बुधबार राति ११ बजे से १ ज ४९२२ नम्बरकोे जिप तिव्र गतिका कारण सडकबाट अन्दाजी ५० मीटर तल खस्दा चाल धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएका झापा लखनपुर–१ का २५ वर्षीय एक युवकको उपचारका क्रममा विहीबार ज्यान गएको छ । मोरङको बेलबारीबाट झापातर्फ आउने क्रममा भाउने भन्ने ठाउँमा दुर्घटनामा घाइते भएका शेखर भट्टराईको भारतको सिलगुडीमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै दाङको सिसहनियामा ट्रक र मोटरसाइकल आपसमा ठक्कर २ जना गम्भिर घाईते भएका छन् । घाईते हुनेमा मोटरसाइकल चालक स्थानिय २६ बर्षीय जिबन चौधरी र पछाडि सवार २७ बर्षीय सुरेश चौधरी रहेका छन् । गम्भिर घाईते दुबैलाई थप उपचारको लागि नेपालगन्ज पठाइएको छ । बुधबार राति ८ बजे लु १२ प ८५७९ नम्बरको मोटरसाइकल र ना ४ ख २४६८ नम्बरको ट्रक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो । दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय भालुबाङले नियन्त्रणमा लिएको छ ।

काठमाण्डु कपनस्थित आकाशेधारा नजिकै तीव्र गतिमा गुडिरहेको मोटरसाइकल अनियन्त्रीत भई बिजुलीको पोलमा ठक्कर खाँदा चालक घाईते भएका छन् । घाईते हुनेमाकाठमाण्डु चुनीखेलका २२ बर्षीय श्रीकृष्ण श्रेष्ठ रहेका छन् । घाईते श्रेष्ठलाई उपचारको लागि ओम अस्पताल चाबहिल पठाइएको छ ।
बुधबार बेलुकी बा ५५ प १११८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us