
चितवन, २६ मंसिर – कानुन व्यवसायीको छाता संस्था नेपाल बार एसोसिएसनले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी प्रधानन्यायाधीशका रुपमा अदालत फर्कन नसक्ने निष्कर्ष निकालेको हो ।
बारको चितवनमा सम्पन्न ४१ औं कार्यकारिणी परिषद भेलाले शक्तिपृथकीकरणको सिद्धान्तअनुसार कार्यपालिका प्रमुख भइसकेको व्यक्ति पुन: न्यायापालिका फर्कन नसक्ने निष्कर्ष निकाले हो ।
भेलाले जारी गरेको चितवन घोषणापत्रमा रेग्मी अदालत फर्किए स्वतन्त्र न्यापालिकाको मर्ममा प्रहार हुने र त्यसलाई स्वीकार नगर्ने उल्लेख छ । रेग्मी न्यायालय फर्किएको अवस्थामा संघर्षमा उत्रने चेतावनी बारले दिएको छ ।
यस्तै भेलाले निर्वाचनपछि दलहरुबीच राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे जारी विवाद समाधानका लागि सहजीकरणको काम गर्ने निर्णयसमेत गरेको छ ।