केन्द्रीय कारागारबाट कैदी फरार

काठमाण्डु टुडे २०७० मंसिर २६ गते १४:५१ मा प्रकाशित

काठमाण्डु, २६ मंसिर–केन्द्रीय कारागारबाट बुधबार दिउँसो एक कैदी फरार भएका छन् । सुन्धारास्थित कारागारबाट सर्लाही रघुवा–५ का सुरज सिंह फरार भएका हुन् ।

उनी लागुऔषध कारोबारको मुद्दामा सजाय भोगिरहेका थिए । उनको खोजी कार्य भइरहेको केन्द्रीय कारागार प्रशासनले जनाएको छ । दिउँसो १ बजेतिर भागेका सिंहलाई प्रहरीले अझै फेला पार्न सकेको छैन ।

घटना थाहा पाएलगत्तै सुरक्षा अधिकारीहरु कारागार पुगेर विस्तृत जानकारी लिएका थिए ।

केन्द्रीय कारागारबाटै अपराधीहरु भाग्न सफल हुनुले नेपालको सुरक्षा प्रवन्धमा प्रश्न उब्जिएको छ ।

यसअघि केन्द्रीय कारागार सुन्धाराभित्रै भारतीय नागरिक जसजित सिंह हतियार सहित प्रवेश गरी सन्चार व्यवसायी युनुस अन्सारीलाई गोली हानी घाइते बनाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us