
चितवन, २५ मंसिर– नेपालमा पहिलो पटक गर्न लागिएको प्रथम राष्ट्रिय कुखुरा दिवस २०७० चितवनको रत्ननगरमा गरिने भएको छ ।
पशुपंक्षी बजार निर्देशनालयमा व्यवसायीसहितको बैठकले यस वर्षबाट राष्ट्रिय कुखुरा दिवस मनाउने निर्णय गरेअनुरुप पहिलो कार्यक्रम चितवनमा गर्न लागिएको हो ।
कुखुराजन्य व्यवसायका लागि राम्रो मानिएको चितवनमा आगामी पुस १७ गते वृहत कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदैछ । दिवस मनाउन अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीको अध्यक्षतामा मूल समिति गठन गरिएको छ ।
कुखुरा व्यवसायमा देखिएका समस्या, सुधार गर्नुपर्ने कुरा, राज्यस“ग व्यवसायीले गरेका अपेक्षासहित कसरी व्यवसायलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्ने विषयमा कार्यक्रममा छलफल गरिने केसीले बताए ।
कुखुरा नीतिको माग गरिरहेका व्यवसायीहरूलाई राज्यले पहिलो पटक दिवस मनाउन सहयोग पु¥याएको छ । कार्यक्रममा कृषि मन्त्रालय, पशुसेवा विभाग, क्षेत्रीय निर्देशनालय, सुरक्षा निकायका केन्द्रदेखि जिल्लासम्मका प्रमुख एवम् प्रतिनिधि र कुखुरा व्यवसायीको सहभागिता रहने अध्यक्ष केसीले जनाए ।