क्रिकेटर कर्णको भव्य स्वागत

काठमाण्डु टुडे २०७० मंसिर २५ गते १३:४० मा प्रकाशित

t 20 qualifier in dudaiपर्सा, २५ मंसिर– नेपाललाई टी–ट्वान्टी विश्वकपमा पुर्‍याउन महत्वपूर्ण योगदान दिएका अभिनास कर्णलाई आज गृह जिल्ला पर्सामा भव्य स्वागत गरिएको छ ।

नेपाली क्रिकेट इतिहासमा पहिलो पटक विश्वकपमा पुर्‍याई जिल्लाको गरीमा बढाउने कार्य गरेको भन्दै जिल्लावासीले कर्णलाई वीरगन्जमा फूलमाला र अविरयात्रा निकाली स्वागत गरेका हुन् ।

भर्खरै युएइको आबुधावीमा सम्पन्न टी–ट्वान्टी विश्वकप क्रिकेट छनौट प्रतियोगितामा कुशल खेल प्रदर्शन गरी देशलाई नै पहिलो पटक विश्वकपमा प्रवेश गराई पर्सा जिल्ला र जिल्लावासीको सम्मान बढाएकाले वीरगन्ज युवा समाज, पर्सा क्रिकेट संघलगायतका संस्थाहरूले कर्णलाई नगरपरिक्रमा गराउँदै सम्मान गरेका हुन् ।

सम्मानमा आयोजना गरिएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमय र नगरिक समाज पर्साका अध्यक्ष डा दीपक शाक्यले सम्मानपत्र प्रदान गरेका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us