अख्तियारद्वारा ट्याक्सी चालकलाई कारबाहीको निर्देशन

काठमाण्डु टुडे २०७० मंसिर २५ गते १३:३७ मा प्रकाशित

akhtiyar-durupayog-anusandhan-aayogकाठमाण्डु, २५ मंसिर– ट्याक्सी व्यावसायीहरूले मिटर बिगारी बढी भाडा असुल गर्ने, मिटर नचलाई मनलागी रकम लिने गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कडा कारबाही गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिएको छ ।

मंगलबार व्यवसायीसहित सम्बन्धित सरकारी निकायसँग आयुक्तहरूबीच छलफल हुँदा कानूनी व्यवस्थाको कडाइका साथ पालना गर्न गराउन ती निकायलाई निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले बताएका छन् ।

सर्वसाधारणसँग बढी रकम असुल गर्ने तथा निश्चित स्थान र समयपछि सेवा दिन इन्कार गर्ने सेवाग्राहीको गुनासो सम्बोधन गर्दै  चालकहरूका त्यस्ता गतिविधि रोक्न आयोगले नेपाल गुणस्तर तथा नापतौल विभाग, यातायात व्यवस्था विभाग र महानगरीय ट्राफिक महाशाखालाई त्यस्तो निर्देशन दिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us