
ललितपुर, २५ मंसिर– यसअघि कक्षा १ देखि ५ सम्म मात्र दिंदै आएको दिवा खाजा कार्यक्रम आगामी महिनादेखि कक्षा ८ सम्मलाई दिने भएको छ । शिक्षाका लागि खाद्य कार्यक्रमअन्तर्गत राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले सो खाजा उपलब्ध गराउने छ ।
कार्यक्रम लागू भएकामध्ये तथा सुदूरपश्चिमका खाद्यान्न समस्या भएका १४ का शिक्षाका लागि खाद्य कार्यक्रमअन्तर्गत दिवा खाजा कार्यक्रम लागू गर्न लागिएको हो ।
दिवा खाजा कार्यक्रम लागू भएका विद्यालयमा कक्षा १ देखि ५ सम्म सबैजसो विद्यार्थी नियमित हुने र त्यसपछि कक्षा छोड्ने गरेको पत्ता लागेपछि दिवा खाजा कार्यक्रम लागू भएका सबै विद्यालयमा कक्षा ८ सम्म कार्यक्रम लागू गर्न लागिएको हो ।
दिवा खाजा कार्यक्रम सन् २०१४ को जनवरीदेखि २०१७ को डिसेम्बरसम्म लागू हुने विश्व खाद्य कार्यक्रमको केन्द्रीय कार्यालय पाटनका सूचना अधिकृत दिपेशदास श्रेष्ठले जनाएका छन् ।
सन् १९९६ मा पौष्टिक आहार परियोजनाको नामबाट सुरु भएको यो कार्यक्रम पछिल्लो समय शिक्षाका लागि खाद्यान्न कार्यक्रम नाम दिइएको छ ।