सडक दुर्घटनामा चितुवाको मृत्यु

काठमाण्डु टुडे २०७० मंसिर २५ गते १०:४० मा प्रकाशित

chituwa leopard nepalपर्वत, २५ मंसिर– पर्वतको सदरमुकाम कुस्माबजार नजिकै एक सडक दुर्घटनामा चितुवाको मृत्यु भएको छ ।

शिवालय–९ मा पर्ने चिलाउने चौतारामा बसको ठक्करबाट एक चितुवा मृत्यु भएको हो । सडक पार गर्ने क्रममा चितुवा बसको ठक्करमा परेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्वत र गुप्तेश्वर बहुमुखी क्याम्पसको बीचमा पर्ने खोल्साबाट सडक पार गर्दै गरेको चितुवा मंगलबार बिहान ९.४५ बजे लुङ्गतर्फ जाँदै गरेको ना ५ ख १७२० नम्बरको बसको पछिल्लो टायरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

चितुवा जिल्ला वन कार्यालयलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us