
चितवन, २५ मंसिर– नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यकारिणी परिषद् बैठक आजदेखि चितवनमा सुरु भएको छ । आज बिहान ¥यालीसहित कार्यक्रम सुरु भएको हो ।
मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठीसमेत हुने भएकाले बैठकलाई विशेष महत्व दिइएको छ । मानव अधिकारमैत्री नयाँ संविधानका लागि बैठकले विशेष निर्णय गर्ने कार्यक्रम संयोजक चितवन बारका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।
सो क्रममा विभिन्न कार्यपत्रसमेत प्रस्तुत गर्ने आयोजकले जनाएको छ । नेपाल बार एसोसिएसनको आयोजना तथा चितवन बारको आतिथ्यतामा भएको दुई दिने बैठकमा देशभरबाट एक हजार प्रतिनिधिको सहभागिता रहेको छ । भेलाको कायममुकायम प्रधानन्यायाधीश दामोदर शर्माले उद्घाटन गरेका हुन् ।