नदी नियन्त्रण गर्न भारतबाट ३७ करोड

काठमाण्डु टुडे २०७० मंसिर २४ गते ९:४० मा प्रकाशित

indiaकाठमाण्डु, २४ मंसिर– नेपाल सरकारलाई भारत सरकारले बागमती, लालबकैया र कमलानदी नियन्त्रणका लागि तटबन्धको निर्माण गर्न ३७ करोड रुपैयाँ अनुदान दिएको छ ।

सिँचाइमन्त्री उमाकान्त झालाई नेपालका लागि भारतीय राजदूत रञ्जित रेले सोमबार अयोजित कार्यक्रममा सहयोग रकम प्रदान गरेका हुन् । नेपाल भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको सातौं बैठकको निर्णयअनुरुप भारत सरकारले ती नदी नियन्त्रणका लागि रकम निकासा गरेको हो ।

यसअघि भारत सरकारबाट वाग्मती नियन्त्रणका लागि करिब रु ७५ करोड, लालबकैया नियन्त्रणका लागि रु ७७ करोड र कमला नियन्त्रणका लागि एक अर्ब रु १९ करोड  प्रदान गरिसकेको छ ।  यसबाट वाग्मतीमा ४० किमि, लालबकैयामा ६१ किमि तथा कमलामा ६६ किमि गरी १६७ किमि तटबन्ध निर्माण भइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us