
महोत्तरी, २४ मंसिर- प्रहरीले अवैध लागुऔषध गाँजासहित भटौलियाका ५० बर्षीय मिश्री साहलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार पक्राउ परेका साहा झोलामा गाँजा बोकी बर्दिवासबाट टेम्पोमा चढी जलेश्वरतिर गइरहेको क्रममा प्रहरीचौकी हातिलेटले जाँचको क्रममा पक्राउ परेको हा ।
साहको साथबाट साढे चार किलोग्राम गाँजा बरामद भएको गरेको प्रहरी निरीक्षक अशोक झाले बताए । साहमाथि लागुऔषध ओसारपसार मुद्दा चलाउने तयारी भइरहेको प्रहरी निरीक्षक झाले जनाए ।