एभर्टन र आर्सनल बराबरी, फुलह्यामको पहिलो जीत

काठमाण्डु टुडे २०७० मंसिर २४ गते ४:२५ मा प्रकाशित

English-Premier-leagueकाठमाण्डु, २४ मंसिर–ईङ्ग्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको आसर्नललाई एभर्टनले बराबरीमा रोकेको छ । सात अंकको स्पस्ट अग्रताका साथ लिग तालिकाको पहिलो स्थानमा कायम रहने आर्र्सनलको चाहना खेलको ८४ औ मिनेटमा एभर्टनका गरिएको जेरार्ड देउलोफेउले गोल गर्दै बराबरी गोलले पुरा हुन दिएनन् ।

वार्सिलोनाबाट एभर्टनमा लोनमा आएका स्पेनी खेलाडी देउलोफेउ बैकल्पिक खेलाडीको रुपमा मैदान पसेको मात्र ५ मिनेटमा गोल गर्दै आर्सनलाई स्तब्ध पारे । यसअघि आर्सनलका लागि खेल्ने जर्मन राष्ट्रिय टोलीका खेलाडी मेजुट ओजिलले खेलको ८० औं मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । बराबरीपछि दोस्रो स्थानमा रहेको लिभरपुल भन्दा स्पस्ट पाँच अंकको अग्रता सहित आर्सनल लिग तालिकको पहिलो स्थानमा रहेको छ ।

आईतबार राति नै भएको अर्को खेलमा फुलह्यामले एस्टन भिलालाई शुन्यका विरुद्ध दुई गोलले पराजित गर्यो लगातार सातवटा हार पछि फुह्यामलाई जीत दिलाउने क्रममा ईङग्लिस खेलाडी स्टीभ साईट विल र बुल्गेरियन खेलाडी दिमित्री बेर्वातोभले एक–एक गोल गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us