
खलंगा, २४ मंसिर–रुकुमको खोलागाउँ ७ मैन्यामा बहुला कुकुरले आतंक मच्चाएको छ । बहुला कुकुरले पशु चौपायालाई टोक्न थालेपछि स्थानीय आतंकित बनेका छन् । बहुला कुकुरले अहिलेसम्म १२ वटा पशु चौपायालाई टोकेको स्थानीय वीरेन्द्र अधिकारीले जानकारी दिए । गाई, भैंसी, वाख्रा लगायत बाँधिएका पशु चौपायालाई घर घरमा गएर बहुला कुकुरले टोकेको बताइएको छ ।
कुकुरले टोकेका पशु चौपायालाई अहिले छुट्टै राखिएको छ भने आवश्यक औषधी उपचारका लागि पशु उपचार केन्द्र चौरजहारीमा जाने कृषकहरुले बताएका छन् । मान्छेलाई समेत टोक्न सक्ने भन्दै स्थानीयले सो कुकुरलाई मार्ने प्रयास जारी राखेका छन् ।