बान की मुन दक्षिण अफ्रिका तिर

काठमाण्डु टुडे २०७० मंसिर २३ गते १३:३९ मा प्रकाशित

banki moonन्युयोर्क, २३ मंसिर– संयुक्त राष्ट्रसंघका महासचिव वान की मुन दक्षिण अफ्रिकाको पूर्व राष्ट्रपति नेल्सन मन्डेलाको शोक सभामा उपस्थितिको  लागि त्यसतर्फ जान लागेका संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ । बान पेरिसबाट दक्षिण अफ्रिकातर्फ आइतबार प्रस्थान गर्नेछ ।

बान पूर्व राष्ट्रपति अर्थात विश्वप्रसिद्ध प्रजातन्त्रवादी महान अश्वेत नेता मन्डेलाको शोक सभामा औपचारिक रुपमा मङ्गलबार उपस्थित हुने कार्यक्रम रहेको बताइएको छ । बान आगामी बुधबार न्युयोर्क फर्किने बानका कार्यलयबाट प्रकाशित विस्तृत विज्ञप्तिमा जनाइएको छ । मन्डेलाको पार्थिक शरिरलाई जोहानेस्बर्गस्थित ९४ हजार सिटको क्षमता ‘सिटी स्टेडियम’ मा  राखिएको जनाइएको छ ।

मन्डेलाप्रति श्रद्धाञ्जलि र उनको शोकसभामा सहभागी हुनको लागि विश्वका विभिन्न राष्ट्रबाट राष्ट्रपति, प्रधानमन्त्री, धार्मिक नेताहरू र उच्चस्तिरीय व्यक्तित्वको उपस्थित हुने बताइएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामा पनि मन्डेलाको शोकसभा र अन्येष्टिमा नै उपस्थित हुने बताइएको छ ।

विश्वप्रसिद्ध प्रजातन्त्रवादी नेता एवम् रङ्गभेद विरोधी विश्व आन्दोलनका एकजना प्रमुख अग्रणी दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको ९५ वर्षको उमेरमा गत डिसेम्बर ५ का दिनमा उनको आफ्नै निवासमा निधन भएको थियो । राजकीय सम्मानका साथ उनको अन्त्येष्टि १५ डिसेम्बरका दिन गरिने बताइएको छ । रङ्गभेद विरोधी आन्दोलनका एक प्रमुख अग्रणी दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको अन्त्येष्टिका लागि दश दिनको कार्यक्रम सार्वजनिक गरिएको समाचार छ ।

दक्षिण अफ्रिकाको सरकारले उनको अन्त्येष्टिका लागि शुक्रबारदेखि दश दिनसम्म श्रद्धाञ्जलीका लागि राख्ने निर्णय गरेको थियो । उक्त समयसम्मका लागि त्यहाँ शोकको घोषणा गरिएको छ । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us