एकदिवसीय विश्वकप क्रिकेट छनोटका लागि राष्ट्रिय टिम घोषणा

काठमाण्डु टुडे २०७० मंसिर २३ गते १२:५४ मा प्रकाशित

can-cricketकाठमाण्डु, २३ मंसिर– न्यूजिल्याण्डमा हुने एकदिवसीय विश्वकप छनोट क्रिकेट खेल्न नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । पारस खड्काको कप्तानीा १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको ।

नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले यस पटकको राष्ट्रिय टिममा नयाँ अनुहारका रुपमा सोमपाल कामी आएका छन् । उनी पहिलोपटक सिनियर राष्ट्रिय टिममा परेका हुन् । त्यस्तै ट्वान्टी–२० छनोट खेल खेल्दा टिममा रहेका राहुल विक र अमृत भट्टराई वैकल्पिक खेलाडीमा परेका छन् ।

टिमको मुख्य खेलाडीहरुमा कप्तानका पारसका साथमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, शक्ति गौचन, विनोद भण्डारी, वसन्त रेग्मी,  प्रदीप ऐरी अनिल मण्डल, सागर पुन, जितेन्द्र मुखिया, महेश क्षेत्री, सुवास खकुरेल र अभिनाश कर्ण छन् । त्यस्तै अन्य वैकल्पिक खेलाडीहरुमा नरेश बूढा र रामनरेश गिरी छन् ।

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आउँदो जनवरी १२ बाट न्यूजिल्याण्डमा हुँदैछ । नेपाल सो छनोट प्रतियोगितामा समूह ‘ए’मा परेको छ । समूह ‘ए’मा यूएई, स्कटल्याण्ड, क्यानडा र हङकङ पनि परेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us