भारतमा काँग्रेसलाई हराउँदै बिजेपीको लहर

काठमाण्डु टुडे २०७० मंसिर २३ गते ९:३८ मा प्रकाशित

india bjp and congressकाठमाण्डु, २३ मंसिर- भारतमा बुधबार भएको विधानसभा चुनावको परिणाममा सत्तामा रहेको पार्टी काँग्रेसलाई निकै पछि पार्दै भारतीय जनता पार्टी, बिजेपी अगाडि आएको छ ।

राजस्थानमा बिजेपी बहुमतको संघारमा देखिएको छ । अहिलेसम्म बिजेपीले ७४ सिट जितिसकेको छ भने ८२ स्थानको मतगणनामा अगाडि छ । यससँगै राजस्थानमा बिजेपीको हातमा सत्ता आउने पक्का भएको छ ।

१५ वर्षदेखि विधानसभाको ठूलो पार्टी बन्दै आएको भारतीय काँग्रेसको राजस्थानमा नराम्रो हार भएको छ । काँग्रेसले अहिलेसम्म जम्मा ९ सिटमा मात्र आफ्नो जित हासिल गरेको छ भने १५ स्थानमा मात्र अग्रता लिएको छ ।

यता दिल्लीमा पनि काँग्रेसले हार बेहोर्दैछ । त्यहाँ पनि बिजेपी नै अगाडि आउँदै १७ सित जितिसकेको छ भने १५ सिटमा अग्रता लिइरहेको छ । दिल्लीमा आम आद्मी पार्टीले निकै सफलता हात लाउँदै १३ सिट जितेको छ भने १६ सिटमा अग्रता कायम गरेको छ । काँग्रेसले दिल्लीमा ३ सिट मात्र जितेको छ भने ५ सिटमा अगाडि छ ।

त्यस्तै मध्य प्रदेशमा पनि बिजेपीले उग्र रुपमा अग्रता लिएको छ । अहिलेसम्म त्यहाँ बिजेपीले ५६ सिट हाल लाइसकेको छ चने १ सय २ स्थानमा अगाडि छ । काँग्रेसले जम्मा २० सिट ल्याएको र ४३ स्थानमा अगाडि छ ।

छत्तीसगढमा भने काँग्रेस र बिजेपी लगभग हाराहारीमा छ । बिजेपीले त्यहाँ १४ काँग्रेसले १३ सिट ल्याएको छ । सो क्षेत्रमा बिजेपीले ३२ र काँग्रेसले २९ स्थानमा अग्रता लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us