
काठमाण्डु, २३ मंसिर–इलामको रबिबाट झापाको दमक जाँदै गरेको मे २ त ११३६ नम्बरको ट्याक्टर आइतबार विहान लारुम्बामा दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर फाक्तेपका १६ बर्षीय कान्छा राई रहेका छन् ।
विहान पौने ६ बजे सडकबाट झण्डै २ सय मिटर तल ट्याक्टर खसेको थियो ।
यसैबीच बाँकेको नेपालगन्ज स्थित गोसाइ गाउँमा मे १ प ४५९२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार स्थानीय ४६ बर्षीया मन्जु श्रेष्ठको मृत्यु भएको छ ।