भारतमा मतगणना जारी

काठमाण्डु टुडे २०७० मंसिर २३ गते २:०८ मा प्रकाशित

Delhiकाठमाण्डु, २३ मंसिर–भारतमा चार राज्यमा भएको प्रान्तिय संसद (विधानसभा) चुनावको मतगणना आइतबार शुरु भएको छ । दिल्ली, राजस्थान, छत्तिसगढ र मध्य प्रदेशमा मतगणना जारी छ ।

भारतमा आगामी वर्ष हुन लागेको राष्ट्रिय संसद लोकसभाको चुनाव अघि भारती मतदाताको मनस्थिति बुझ्ने चुनवका रुपमा यस चुनावलाई हेरिएको छ । केन्द्रीय सत्ता दौडको सेमिफाईनल भनिएको यस चुनावमा मुख्य रुपमा भारतीय काँग्रेस पार्टी र भारतीय जनता पार्टी (भाजपा)बीच नै प्रतिस्पर्धा हुँदैछ । चार राज्य मध्ये भारतको राजधानी नयाँदिल्ली रहेको दिल्ली प्रदेशामा भने दुई प्रमुख दल र अरबिन्द केजरिवालको आम आदमी पार्टीबीच त्रिकोणीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

अरबिन्द केजरिवाल अन्ना हजारे आन्दोलनबाट उदाएका ब्यक्ति हुन् । अन्ना हजारेको आन्दोलपछि उनले अन्नाबाट अलग भएर आम आदमी पार्टी स्थापना गरेका थिए । चार राज्यमा भएको यस चुनावलाई भाजपा नेता नरेन्द्र मोदी र कांगे्रस महासचिव राहुल गान्धीबीचको सीधा टक्करका रुपमा पनि हेरिएको छ । भाजपाले प्रधानमन्त्रीका दावेदारका रुपमा अघि सारेका मोदीको उनको गृहराज्य गुजरात बाहिर कति प्रभाव पर्न सक्छ भन्ने आँकलन गर्ने चुनवाका रुपमा पनि यस चुनावलाई हेरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us