भारतलाई ओलम्पिकबाट हटाईन सक्ने

काठमाण्डु टुडे २०७० मंसिर २३ गते २:०३ मा प्रकाशित

indiaकाठमाण्डु, २३ मंसिर–अन्तरराष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)का प्रमुख थमस बाकले आचार संहिताको पालना नगरे भारतलाई ओलम्पिक सहभागिताबाट बञ्चित गर्न सकिने चेतावनी दिएका छन् । भारतीय ओलम्पिक कमिटीको चुनावमा सरकारी हस्तक्षेप भएको बन्दै आईओसीले यस्तो चेतावनी दिएको हो ।

पछिल्लो केहि समयदेखि भारत र अन्तरराष्ट्रिय ओलम्पिक कमिटिबीच विवाद रहँदै आएको छ । आईओसीले भारतीय ओलम्पिक कमिटीलाई गत वर्ष डिसेम्बरदेखि निलम्बित गरेको छ ।

आईओसीले भारतीय ओलम्पिक कमिटीलाई आपराधिक पृष्ठभुमि भएका ब्यक्तिहरुलाई कमिटीको चुनावमा सहभागी नराउन सुझाव दिएको थियो । कुनै पनि आपराधिक मामिलामा अदालतमा मुद्दा झेलिरहेका ब्यक्ति ओलम्पिक कमिटि सदस्य हुन नसक्ने र उनीहरुलाई ओलम्पिक मुभमेन्टमा सहभागी गराउन नसकिने आईओसीले बताउँदै आएको छ ।

भारतले भने भारतमा संसदको चुनावमा प्रतिस्पर्धा गर्न समेत यस्ता ब्यक्तिलाई प्रतिवन्ध नभएको अवस्थामा ओलम्पिक कमिटीमा मात्र प्रतिवन्ध लगाउन नसकिने जनाउँदै आएको छ । भारतले भारतीय ओलम्पिक कमिटी भारतमा दर्ता भएको संस्था भएकोले भारतीय कानुन अनुसार चल्ने बताउँदै आएको छ भने आईओसीले ओलम्पिक मुभमेन्टमा सहभागी रहन आप्mनो नियम मान्नु पर्ने बताउँदै आएको छ ।

समाचार एजेन्सी एसोसियट प्रेससँग कुरा गर्दै आईओसी प्रमुख बाकले यदि निलम्बनले मात्र काम गरेन भने भारतको ओलम्पिक मान्यता नै खारेज गरिने बताएका छन.् । यदि यस्तो भए ओलपिम्कबाट बाहिरने भारत ओलम्पिक ईतिहासकै दोस्रो मुलुक हुने छ । यसअघि सन् १९६८ देखि १९८८ सम्म उसको रंगभेद नीतिका कारण दक्षिण अफ्रिकालाई ओलम्पिकमा सहभागिता जनाउनबाट बञ्चित गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us