इरान सैनिक शक्ति हुनुपर्ने अमेरिकी भनाइ

काठमाण्डु टुडे २०७० मंसिर २२ गते ९:५५ मा प्रकाशित

मानामा, २२ मंसिर– तेहरानसँग पारमाणविक सम्झौताबाट आशङ्कित भएका खाडीका हयोगीलाई सम्बोधन गर्दै अमेरिकी प्रतिरक्षामन्त्री चक ह्यागेलले शनिबार इरानसँगको कूटनीतिको पछाडि अमेरिकी सैनिक बल हुनुपर्ने बताएका छन् ।

उनले तेहरानसँग हालै भएको सम्झौतापछि पनि अमेरिकाले खाडीक्षेत्रमा ३५ हजार सैनिक, सशस्त्र जहाज तथा युद्धकविमान कायम राख्ने बताए । हराइनमा एक सुरक्षा सम्मेलनमा उनले इरानसँग भएको अन्तरिम सम्झौताको उद्देश्य इरानलाई उसको पारमाणविक कार्यक्रमबाट हटाउनु रहेको बताए ।

उनले पश्चिमी कूटनीतिको गलत अर्थ लगाइनुनहुने बताउँदै यो जोखिम लिनु उचित रहेको दाबी गरे । उनले कूटनीति रिक्तपनामा सञ्चालन नहुने उल्लेख गरे । उनले आफ्ना सफलता अमेरिकी सैनिक शक्ति तथा मध्यपूर्वमा रहेका सहयोगी तथा साझेदारहरूलाई अमेरिकी आश्वासनको विश्वसनीयता भर पर्ने पनि उल्लेख गरे ।

ट्याङ्क तथा आपाचे हेलिकप्टरहरूको साथमा १० हजार अमेरिकी स्थल सैनिक, समुद्रमा ४० जहाज, यसको साथमा एक हवाइजहाज वाहक जाहाज र त्यसको समूह, क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली, राडार, चालकविहीन गुप्तचर विमानहरू तथा छोटो समयमा आक्रमण गर्नसक्ने युद्धक विमानहरू रहेको उनले बताए ।

इरानसँगको सम्झौतामा नै अमेरिकी प्रतिरक्षामन्त्री ह्यागेलको खाडीका समकक्षीसँग शुक्रबार भएको वार्ता केन्द्रित थियो । उनले साउदी अरेबियाका नयाँ प्रतिरक्षा उपमन्त्री राजकुमार सलमान बिन सुल्तानसँग वार्ता गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us