
काठमाण्डु, २२ मंसिर– सर्वाधिक राशिको एनसे कप नकआउट फुटबल प्रतियोगितामा पवभागीय टिम नेपाल प्रहरीले थ्रीस्टार क्लबसँग हार बेहोरेका छ ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले ३–१ को गोल अन्तरले हराउँदै समूह ‘सी’को विजेताब बनेको छ । समूह चरणको अन्तिम खेलमा हार बेहोरे पनि प्रहरी यस अघि नै अघिल्लो चरणमा पुगिसकेको छ ।
थ्रीस्टारको जितका लागि जगजित श्रेष्ठ १ र सन्तोष साहुखलले २ गोल गरे । प्रहरीका लागि युगलकिशोर राईले राहत गोल गरेका थिए ।