नेपालले जर्नी टु वल्र्ड कपको उपाधि जोगाएन

काठमाण्डु टुडे २०७० मंसिर २२ गते १०:४८ मा प्रकाशित

nepali cricket teamकाठमाण्डु, २२ मंसिर– नेपालले जर्नी टु वल्र्डकपकप प्रतियोगिताको उपाधि रक्षा गर्न सकेन । नेपालले पाहुना टोली इअर ईण्डियासँग ५ विकेटले हार बेहोरेको हो ।

नेपालले दिएको २ सय ७७ रनको लक्ष्य ४३.५ ओभरमै ५ विकेट मात्र गुमाएर प्राप्त गरेको जनीृ टु वल्र्डकपको उपाधि एअर ईण्डियाले लगेको हो ।

आउँदो महनिा न्यूजिल्याण्डमा हुने एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको अभ्यासका लागि क्रिर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरको नेपालले ४५ ओभरमा ८ विकेट गुमाएर २ सय ७६ रन बनाएको थियो ।

नेपालको रन योगफलमा कप्तन विनोद भण्डारीले ७९, पारस खण्ड्काले ६१, अनिल मण्डलले ४५, सागर पुनले ३३ रनको महत्पवूर्ण योगदान गरेका थिए । त्यस्तै प्दीप ऐरीले अविजित २७ तथा सुवार खकुरेलले ९ र शरद भषवाकरले ८ रन जोडे भने बसन्त रेग्मी, सोमपाल कामी र राजकुमार प्रधानले रन जोड्न पाएनन् ।

यसै अभ्यास प्रतियोसगतामा नेपालले आफ्नो पहिलो खेल खेल्दै एअर ईण्डियालाई ५ विकेटले हराएको थियो । नेपाल सिंगापुरको राष्ट्रिय टिमलाई हराएर फाइनलमा प्रवेश गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us