भारतीय मन्त्री अब्दुल्लाहले माफी मागे

काठमाण्डु टुडे २०७० मंसिर २१ गते १३:०१ मा प्रकाशित

नयाँ दिल्ली, २१ मङ्सिर– भारतमा नवीकरणीय ऊर्जामन्त्री फारुक अब्दुल्लाहले शुक्रबार माफी मागेका छन । भारतमा उच्चस्तरका नेतृत्वबाट हुने गरेको यौनजन्य दुव्र्यवहारका विषयमा भइरहेको सार्वजनिक बहसमा पुरुषहरु हाल ‘‘महिलासँग कुरा गर्न पनि डराउँछन्’’ भनी गरेको टिप्पणी र त्यसले पु¥याएको चोटप्रति उनले माफी मागेका हुन ।
‘‘म आजभोलि महिलासँग कुरा गर्न पनि डराउँछु । म महिला सचिव पनि राख्न चाहन्न । कसलाई थाहा छ र म कुनै उजुरीका कारण जेल पनि पर्नसक्छु’’, मन्त्री अब्दुल्लाहले एक पत्रकारलाई भनेका थिए ।     संसदको बाहिरी भागमा मन्त्री अब्दुल्लाहले आफूले महिलालाई आरोप नलगाएको र समाजलाई नै आरोप लगाएको बताएका थिए । Minister Farooq
गम्भीर विषयलाई हलुका बनाएको भन्ने आरोप लगाउँदै महिला अधिकारवादी कार्यकर्ताहरुले उनको भत्र्सना गरेका थिए । मन्त्री अब्दुल्लाहले कसैको भावनामा चोट पुगेको भए आंशिक रुपमा माफी माग्दै आफ्नो भनाइको गलत अर्थ निकालिएको आरोप लगाए ।
मन्त्री अब्दुल्लाह मुस्लिम बाहुल्य भएको कश्मीर क्षेत्रबाट आनुभएको हो र उनले आफ्ना भनाइलाई पूर्ण रुपमा गलत रुपमा बुझिएको बताए ।
अब्दुल्लाहका छोरा ओमार हाल समस्याग्रस्त तथा पाकिस्तानसँग सीमा जोडिएको राज्य जम्मु तथा कश्मीरका मुख्य मन्त्री छन । ट्विटमा उनले आफ्ना पितालाई यस विषयमा माफी माग्न आग्रह गरेका थिए ।
गत डिसेम्बरमा नयाँ दिल्लीमा एक छात्राको घातक सामूहिक बलात्कारपछि भारतमा लैङ्गिक असमानताको विषयमा आत्ममूल्याङ्कन हुन थालेको छ र यौनजन्य पीडामा आमसञ्चारको ध्यान जान थालेको छ ।
भारतका प्रमुख अनुसन्धानमूलक पत्रिका तहल्काका सम्पादक हाल प्रहरीको हिरासतमा रहेका छन् र आफ्नै कनिष्ट सहकर्मीको गुनासोले उनीमाथि बलात्कारको मुद्दा चलाउन र १० वर्षसम्मको काराबासको सजाय हुनसक्छ ।
सर्वोच्च अदालतका एक न्यायाधीशमाथि आफ्ना एक कर्मचारीलाई यस्तै पीडा दिएको आरोपमा अनुसन्धान भइरहेको छ । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us