
काठमाण्डु, २१ मंसिर– मच्छिन्द्र क्लव, हिमालयन शेर्पा र संकटा क्लव एनसेल कप फुटवलको क्वाटरफाइनल प्रवेश गरेका छन् ।
आर्मीसंग पराजित भएपनि संकटा क्लव समूह उपविजेता बन्दै अन्तिम ८ मा पुगेको हो । आर्मी समूह विजेता बनेको छ । शुक्रबारको खेलमा आर्मीले संकटालाई २ /१ ले पराजित गर्यो । मध्यान्तरसम्म १–० पछि परेको आर्मीले दोस्रो हाफमा जित हात पारेको हो ।
आर्मीको जितमा जितेन्द्र कार्की र भरत खवासले एक–एक गोल गरे । यो समूहबाट गोल अन्तरका आधारमा जावलाखेल प्रतियोगिताबाट बाहिरिएको छ । यस्तै मछिन्द्र र हिमालयन शेर्पा पनि क्वार्टरफाइनल पुगेका छन् ।
फ्रेण्डससँग २/२ को बराबरी खेलेर मच्छिन्द्र अन्तिम आठमा पुग्दा हिमालयन शेर्पा पनि क्वार्टर फाईनल पुगेको छ । फ्रेण्डस भने बाहिरिएको छ ।
मच्छिन्द्रका सत्यनारायण पराजुली र विशाल राई ए तथा फ्रेन्डस्का लागि रितेश मल्ल र अर्जुन सुब्बाले गोल गरे ।