
काठमाण्डु, २१ मंसिर– नेपाल जर्नी टु वल्र्डकपको फाइनलमा प्रवेश गरेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा सिंगापुरलाई २ सय २७ रनले पराजित गर्दै नेपालले फाइनल यात्रा तय गरेको हो । टस जितेर पहिले व्याटिङ गरेको नेपालले ४५ ओभरमा ८ विकेटको क्षतिमा ३ सय १३ रन जोड्यो ।
नेपालका लागि शरद भेषवाकरले अविजित ९१ रनको योगदान दिए । सुवास खकुरेलले ७५ रन बनाउँदा अनिल मण्डलले ५८ र ज्ञानेन्द्र मल्लले ४८ रन जोडे । जवाफमा मैदान उत्रिएको सिंगापुर १७ दशमलब १ ओभरमा ८६ रन बनाएर अलआउट भयो ।
उसलाई सस्तैमा समेट्ने क्रममा सोमपाल कामी र राजकुमार प्रधानले समान ३–३ तथा वसन्त रेग्मी र जितेन्द्र मुखियाले २–२ विकेट लिए ।