भारतमा नेपालीको करेन्ट लागेर मृत्यु

काठमाण्डु टुडे २०७० मंसिर २० गते १३:५५ मा प्रकाशित

death by electric shockकञ्चनपुर, २० मंसिर– भारतको बैंगलोरमा कार्यरत कञ्चनपुरको रामपुर विलासपुर गाविस–७ का २५ वर्षीय लहानु चौधरीको करेन्ट लागेर बिहिबार मृत्यु भएको छ ।

विद्युत् मजदुरका रुपमा कार्यरत चौधरीको विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेको मृतकका सालो जयराम चौधरीले बताए । मृतक चौधरीसँगै कार्य गर्दै आएका स्थानीयवासीले फोन गरेर जानकारी गराएको चौधरीले बताए ।

मृतकको शव ल्याउन उनका आफन्त बिहिबारै बैंगलोरतर्फ लागेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us