पासाङले गरे गगनविरुद्ध उजुरी

काठमाण्डु टुडे २०७० मंसिर २० गते १०:२० मा प्रकाशित

Pasang-Gagn-Finalकाठमाण्डु, २० मंसिर– एकीकृत माओवादी नेता नन्दकिशोर पुन पासाङले काँग्रेस नेता गगन थापाविरुद्ध उजुरी गरेका छन् ।

काठमाण्डु क्षेत्र नं ४ मा गगन थापाले षडयन्त्र र धाँधली गर्दै संविधानसभाको चुनाव जितेको भन्दै पासाङले संविधानसभा अदालतमा उजुरी दिएका हुन् । चुनाव अघि र मतगणनाका समयमा निकै चासोका साथ हेरिएको काठमाण्डु–४ का यी दुई नेताबीच फेरि अदालती प्रक्रियामा घमासाम हुने भएको हो ।

पासाङले धाँधलीपूर्ण भएको निर्वाचन खारेज गर्दै पुनः निर्वाचन हुनुपर्ने मागसहित उजुरी दर्ता गराएका हुन् । यसअघि बुधबार फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारविरुद्ध पनि उजुरी परेको थियो । एमाओवादी अध्यक्ष प्रचण्डविरुद्ध पाि मंगलबार उजुरी परेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us