पोखरीमा डुबाएर कुटेपछि घरबाट निकाले

काठमाण्डु टुडे २०७० मंसिर २० गते ९:३० मा प्रकाशित

women voilenceसप्तरी, २० मंसिर- सप्तरीमा एक महिलालाई घरकै सदस्यहरुले मरणासन्न हुने गरी कुटपिट गरेर घरबाट निकालिएकी छन् । परिवारका सदस्यहरु मिलेर कुटपिट गरी मलेकपुर गाविस–६ की ३२ वर्षीया शान्तिदेवी ठाकुरलाई घरबाट निकालिएको हो ।

महिला हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेका बेला महिलामाथि ज्यादतीपूर्ण व्यवहार भएको हो । पीडितले आफ्ना दुई छोराको उचित शिक्षाका लागि पतिलाई सैलुनको काम गर्नभन्दा पतिसहित परिवारका सदस्य मिलेर घरनजिकै रहेको पोखरीमा डुबाउँदै पिटेको बताइन् ।

पीडित महिलाले उनका पति ३७ वर्षीय योगेन्द्रप्रसाद ठाकुरलगायत जेठाजुहरु ४१ वर्षीय प्रभुनारायण ठाकुर, ३९ वर्षीय इन्दल भन्ने इन्द्रनारायण ठाकुर, जेठानीहरु भुलरदेवी ठाकुर, कबुतरीदेबी ठाकुर र भतिजाहरु रवीन, देवेस र कर्णले कुटपिट गर्दै घरनिकाला गरेको बिहिबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

आरोपितहरुलाई जिल्ला प्रहरी कार्यालयमा झिकाउन महिला तथा बालबालिका सेवा केन्द्रले पत्राचार गरेको जनाएको छ । छिमेकीको सहयोगमा सदरमुकाम आएकी पीडितको राजविराज नपा–३ स्थित अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us