भारतीयले जबर्जस्ती नेपाली भूमिमा ट्रयाक्टर लगाए

काठमाण्डु टुडे २०७० मंसिर २० गते ९:०७ मा प्रकाशित

indiaकञ्चनपुर, २० मंसिर- कञ्चनपुरको दक्षिणी भेगमा एक भारतीय नागरिकले जबर्जस्ती नेपाली भूमिका खनजोत गरेका छन् । रौतेलीविचुवा–९ स्थित झिलमिलामा रहेको नेपाली भूमिमा भारतीय नागरिकले खनजोत गरेका हुन् ।

भारतीय नागरिक पप्पु सरदारले नेपाली भूमिमा ट्र्याक्टर प्रयोग गरी रौतेलीविचुवा–९ झिलमिलास्थित किसान मध्यवर्ती सामुदायिक वनको भूमिमा भारतीय नागरिकले खनजोत गरेका हुन् । मंसिर १५ गतेदेखि सो भूमि जोतेको किसान मध्यवर्ती सामुयायिक वनका अध्यक्ष शिवराज अधिकारीले बताए ।

किसानका पदाधिकारीले इलाका प्रहरी कार्यालय बेल्डाँडीमा खबर गरेपछि मात्रै नेपाली भूमि खनजोत गर्न मंगलबारदेखि रोकिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख राजेन्द्रप्रसाद चौधरीका अनुसार भारतीय नागरिक सरदारले उक्त क्षेत्रमा झन्डै १० बिघा जमिन जोतेको हो । नेपाल–भारत सीमा स्तम्भ २८ नजिकै रहेको नेपाली भूमि खनजोत गरेको छ ।

सो विषयमा बसेको द्विदेशीय छलफलपछि भारतीय सीमा सुरक्षा बलका पदाधिकारीहरुले नेपालको भूमिमा जथाभावी खनजोत नगर्ने भारतीय नागरिकहरुलाई चेतावनी दिएको सामुदायिक वनका अध्यक्ष अधिकारीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us