
काठमाण्डु–यसपाली कम्प्युटरको बिक्रीमा विश्वभर ठूलो मात्रामा गिरावट आउने भएको छ । अनुसन्धान कम्पनि ‘इन्टरनेशनल डाटा कर्पोरेसन (आईडीसी)ले कम्प्युटर बिक्रीमा हालसम्मकै धेरै गिरावट आएर रेकर्ड तोडिने दावी गरेको हो ।
कम्पनिको दावी छ की सन् २०१३ मा कम्प्युटरको बिक्री १० दशमलव एक प्रतिशतले कम हुने छ । यसलाई ऐतिहासिक गिरावट मानिएको छ ।
टेबलेट्स र स्मार्टफोनको प्रचलनका कारण विश्व बजारमा कम्प्युटरको बिक्री घटेको हो । आईडीसीका अनुसन्धान विश्लेषक जे चाउ भन्छन्, ‘कम्प्युटरको माग घट्नुको कारण के हो भने, यो एकदमै पुरानो सिस्टम भैसक्यो । यसको विकल्पमा कुनै राम्रो र नयाँ सिस्टमको खोजी भएको छैन ।’
कम्पनिले सन् २०१४ मा पनि कम्प्युटर बिक्रीमा कमी आउने क्रम जारी रहने अनुमान गरेको छ । तर, यसको गति केही कम हुने छ ।–एजेन्सीको सहयोगमा