चीन-जापान विवादमा अमेरिकी मध्यस्थता

काठमाण्डु टुडे २०७० मंसिर १९ गते २३:४९ मा प्रकाशित

बेइजिङ, २० मङ्सिर–अमेरिकी उपराष्ट्रपति जो बाइडेनले बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरी दुई मुलुकबीचको सम्बन्धले २१ औँ शताब्दीको मार्गलाई प्रभावित बनाउने बताएका छन । बेइजिङले घोषणा गरेको हवाइ क्षेत्रका विषयमा तनाव कम गर्न प्रयास गर्नु पर्नेमा पनि उनले जोड दिएका छन । japan and china flag
उपराष्ट्रपति बाइडेनको यो भ्रमण जापानबाट आरम्भ भएको थियो र दक्षिण कोरियामा गएर टुङ्गिनेछ । बेइजिङले जापानसँग विवादित द्वीपहरू रहेको पूर्वी चीन जल क्षेत्र समेटेर हवाइ प्रतिरक्षा पहिचान क्षेत्र घोषणा गरेपछि उनले यस क्षेत्रको भ्रमण गरेका हुन ।
उनले प्रमुख मुलुकबीचको सहयोगको विधि विश्वास र एकअर्काप्रति सकारात्मक अवधारणामा आधारित हुनुपर्ने बताए ।
यी दुई नेताबीच राम्रो व्यक्तिगत सम्बन्ध भएका कारण ४५ मिनेटका लागि तय भएको भेटको समय दुई घण्टासम्म कायम रहेको थियो ।
चिनियाँ राष्ट्रपति सीले बाइडेनलाई पुरानो मित्र भन्दै उनले लिएको अभियानको प्रशंसा गरेका थिए । बेइजिङले उक्त क्षेत्र भएर उड्ने सबै विमानले चीनको आदेश पालना गर्नुपर्ने र त्यसो नगरेमा प्रतिरक्षात्मक आपत्कालीन उपाय भोग्नुपर्ने बताएको थियो ।
त्यसपछि वासिङटन, टोकियो तथा सोल सबैले आफ्नो सैनिक तथा अर्धसैनिक विमान त्यस क्षेत्रतर्फ पठाएका थिए भने अमेरिकाले आफ्नो जापानसँग सुरक्षा सन्धि रहेको बताएको थियो ।

चीन–अमेरिका मतभेद घटाउन दुवै मुलुक सहमत
सिन्ह्वाका अनुसार चीनका उपराष्ट्रपति ली युआन छाउले अमेरिकी उपराष्ट्रपति वाइडेनसँगको भेटवार्तामा गत जुनमा राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति बाराक ओबामा वीच चीन अमेरिका भएका महत्वपूर्ण सहमतिका वारेमा स्मरण गराएका छन । चीनले अमेरिकी उच्चतहसँग रणनीतिक सम्पर्क बढाएर बिभिन्न क्षेत्रको व्यवहारिक सहयोग बृद्धि गर्ने इच्छा लिएको पनि उनले बताए । प्रतिउत्तरमा उपराष्ट्रपति वाइडेनले अमेरिका चीन सम्बन्धले बिश्वसमा महत्वपूर्ण प्रभाव राखेको र यो अझै बिकसित हुँदै आएको धारणा व्यक्त गरेका थिए । चीन अमेरिका वीच मतभेद साँघुरयाउँदै दुई पक्षीय सम्बन्ध बढाउन प्रयास गरिनु पर्नेमा उपराष्ट्रपति वाइडेनले बताए । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us